logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • गठबन्धनलाई पराजित गर्दै मध्यविन्दु नगरमा प्रमुख र उपप्रमुखमा बहुमतसहित एमाले विजयी

    गठबन्धनलाई पराजित गर्दै मध्यविन्दु नगरमा प्रमुख र उपप्रमुखमा बहुमतसहित एमाले विजयी

    4K
    Shares

     

    काठमाडौं । मध्यविन्दु नगरपालिकाको प्रमुख र उपप्रमुखमा बहुमतसहित एमाले निर्वाचित भएको छ । प्रमुखमा भीमलाल अधिकारीले १६ हजार २१२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका सूर्य गुरुङले १४ हजार ६४५ ल्याएका छन् ।

    यस्तै, उपप्रमुखमा निर्वाचित एमालेकी पूर्णकला चौधरीले १६ हजार १०५ मत ल्याएकी छन् भने प्रतिस्पर्धी काँग्रेसकी टीकाकुमारी महतोले १४ हजार ५६४ मत पाइन् ।

    मध्यविन्दुमा एमालेले १० वटा वडा र काँग्रेसले ५ वटा वडामा विजय प्राप्त गरेका छन् । प्रमुखमा विजयी अधिकारी २०७४ सालको निर्वाचनमा पराजित भएका थिए भने प्रमुख र उपप्रमुखमा बहुमतसहित नेपाली कांग्रेस विजयी भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend