बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

सिन्धुपाल्चोकमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

सिन्धुपाल्चोकमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । मतगणनाको विषयमा विवाद हुँदा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा झडप भएको हो ।

मतगणनाको क्रममा तीन मत हराएको र चार मतपत्र च्यातिएको भेटिएपछि कांग्रेससहितका केही दलका कार्यकर्ताले मतगणना कार्य बन्द गराएका थिए ।

आज बिहान गुन्साबाट गाउँपालिका भवनभित्र जाँदै गरेका कांग्रेसका एक कार्यकर्तालाई एमालेका कार्यकर्ताको समुहले बाटो छेकेर कुटपिट गर्दै मोटरसाइकल तोडफोड गरेपछि झडप सुरु भएको थियो । पछि कांग्रेसका कार्यकर्ताले वडाध्यक्षको घरमा ढुंगामुढा र तोडफोड गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend