logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • गठबन्धन सरकारले कुनै सार्थक परिवर्तन गर्ला भन्ने अपेक्षा छैन: भीम रावल

    गठबन्धन सरकारले कुनै सार्थक परिवर्तन गर्ला भन्ने अपेक्षा छैन: भीम रावल

    5.2K
    Shares

     

    काठमाडौं । विपक्षी दलका सांसद भीम रावलले अर्थमन्त्री जनार्दन शर्माले संसद‍्मा प्रस्तुत गरेको विनियोजन विधेयकको प्राथमिकता तथा सिद्धान्त औपचारिकता निर्वाह गर्ने र परम्परागत मात्रै भएको टिप्पणी गरेका छन् । देश र जनताले सामान गर्नुपरिरहेको राष्ट्रिय तथा आर्थिक समस्याबारे प्राथमिकता तथा सिद्धान्तमा चर्चा नै नगरिएको उनको आरोप छ। गठबन्धन सरकारले कुनै सार्थक परिवर्तन गर्ला अपेक्षा छैन।

    निहित स्वार्थका लागि राष्ट्र स्वार्थ र सुरक्षाप्रतिको गलत नीतिका कारण नेपाल कमजोर र लुलो हुँदै गएको रावलले बताए। उनले अर्थतन्त्रका पछिल्ला समस्यालाई केन्द्रमा राखेर नीति तथा प्राथमिकता प्रस्तुत गर्न नसकेको भन्दै विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताको आलोचना गरे।

    बढ्दो आयात प्रतिस्थापन गरी आन्तरिक उत्पादन बढाएर विदेशी मुद्राको सञ्चितिमाथिको दबाब कम गर्ने दिशामा बजेटको सिद्धान्त तथा प्राथमिकता मौन रहेको उनको भनाई छ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend