logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • हेटौंडामा अग्रता फराकिलो बनाउँदै गठबन्धन, यस्तो छ मत परिणाम

    हेटौंडामा अग्रता फराकिलो बनाउँदै गठबन्धन, यस्तो छ मत परिणाम

    5.3K
    Shares

     

    मकवानपुर । सत्तारुढ गठबन्धनको उम्मेदवारले हेटौंडा उपमहानगरपालिकामा आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । सत्तारुढ गठबन्धनतर्फ हेटौंडाको मेयरकी उम्मेदवार नेकपा (एस) की नेता मीनाकुमारी लामा र उपमेयरका उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँले आफ्नो अग्रतालाई बढाएका हुन् ।

    हेटौंडामा जारी मतगणनाको परिणाम धमाधम सार्वजनिक भइरहेको छ । कुल ५५ हजार ३८७ मत गणना हुँदा लामाले १७ हजार ३४३ मत प्राप्त गरेकी छिन् । उनी नेकपा एमाले मेयरका उम्मेदवार अनन्तप्रसाद पौडेलभन्दा ११ सय ८० मतले अगाडि रहेकी छिन् । उनी तीन दिनदेखि आफूलाई अग्रस्थानमा राख्न सफल भइरहेकी छिन् ।

    नेकपा एमालेका उम्मेदवार पौडेलले १६ हजार १६३ मत प्राप्त गरेका छन् । मेयरमै राप्रपका उम्मेदवार दीपकबहादुर सिंहले १५ हजार ५१४ मत प्राप्त गरेका छन् ।

    उपमेयरमा कांग्रेसका राजेश बानियाँले २३ हजार ८९७ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी उम्मेदवार सुमित्र काफ्लेले १७ हजार २८० मत प्राप्त गरेकी छिन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend