logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • तनहुँको व्यासमा कैचीले काट्यो रुखको मत

    तनहुँको व्यासमा कैचीले काट्यो रुखको मत

    3.9K
    Shares

    पोखरा । तनहुँको व्यासमा नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दीपकराज जोशीले अग्रता लिइरहेका छन् । यो समाचार तयार पार्दासम्म जोशीले एक हजार ७ सय ९३ मत पाएका छन् भने नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले एक हजार १ सय ९६ मत पाएका छन् ।

    मत गणनामा सहभागीहरुका अनुसार वडाध्यक्ष र वडा सदस्यमा रुख चिन्हमा नै मतदान गर्नेहरुले पनि मेयरमा भने दीपक जोशीको चुनाव चिह्न कैंचीमा मतदान गरेको पाइएको छ । व्यास नगरपालिका वडा नं.३ मा नेपाली कांग्रेसबाट अध्यक्षमा उठेका अनुप राना ६५७ मत पाए निर्वाचित भए । उपप्रमुखको उम्मेदवार रहेकी इन्दिरा दरैले ४१७ मत पाइन् । तर कांग्रेसबाटै नगरप्रमुखको उम्मेदवार रहेका वैकुण्ठ न्यौपानेलाई भने ३३३ मत मात्र आएको छ ।

    न्यौपानेको वडाबाट पनि जोशीलाई मत गएको देखिन्छ । जोशीले यो वडाबाट ६ सय २७ मत प्राप्त गरे । कांग्रेसका असन्तुष्ट नेता गोविन्दराज जोशीले एमालेसँग गठबन्धन गरेर छोरा दीपकलाई व्यासमा मेयर उठाएका हुन् । व्यास ३ मा मात्र होइन, अरु वडामा पनि उनले कांग्रेसको भोट पाएको देखिन्छ ।

    व्यास २ मा कांग्रेसका वडाअध्यक्ष उम्मेदवार काशीराम श्रेष्ठलाई ६१६ मत आउँदा नगरप्रमुखका उम्मेदवार न्यौपानेले जम्मा ४३८ मत पाएका छन् । जोशीको कैंची चुनाव चिह्नमा ६२५ मत आएको छ । व्यास ४ का कांग्रेसका उम्मेदवार रहेका वडाअध्यक्ष देवबहादुर गुरुङले ३८३ मत पाउँदा न्यौपानेले २९८ मत पाए ।

    यो वडामा पनि कैंचीलाई ४५३ मत प¥यो । निर्वतमान नगरप्रमुखका समेत रहेका न्यौपाने कांग्रेसका नेता रामचन्द्र पौडेल निकट छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend