बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

विजय जुलुसमा गएको ट्याक्टर दुर्घटना, १३ जना घाइते

विजय जुलुसमा गएको ट्याक्टर दुर्घटना, १३ जना घाइते

मोरङ । मोरङको सुनवर्षी नगरपालिका–६, सिटौला टोलमा विजय जुलुसमा गएको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । को २ च १४३७ नम्बरको ट्याक्टर ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको थियो ।

एमालेको विजय जुलुस लिएर जाने क्रममा ट्याक्टर पल्टिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २६ वर्षीय जलन्धर राजवंशी र ४० वर्षीय राजकुमार सहनीको अवस्था गम्भीर रहेको र उनीहरूको गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले बताए ।

उनका अनुसार ३ जनाको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend