logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • माधव नेपालकै जिल्लामा समाजबादीका अध्यक्षलाई जम्मा एक भोट, एमाले बिजयी

    माधव नेपालकै जिल्लामा समाजबादीका अध्यक्षलाई जम्मा एक भोट, एमाले बिजयी

    7.6K
    Shares
    माधव नेपालकै जिल्लामा समाजबादीका अध्यक्षलाई जम्मा एक भोट, एमाले बिजयी

    काठमाडौँ – बैसाख ३० गते सम्पन्न स्थानिय निकाय निर्वाचनको देशभरीबाट मत परिणाम आउने क्रम जारी छ भने ठाउँमा मतगणना समेत सम्पन भैसकेको छ।

    स्थानीय निकाय निर्वाचनको परिणाम भने रोचक हुदै गएको छ। कहिँ दलका उमेद्वार भन्दा स्वतन्त्र अगाडी छन् भने कहिँ दललाई अस्तित्व जोगाउन समेत मुस्किल बनेको छ।

    त्यस्तै भयो रौतहटको नतिजा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा उनकै पार्टीका वडा अध्यक्षका उमेद्वारलाई जम्मा एक भोट मात्र आएको छ।

    समाजबादीबाट एक भोट पाउने वडाध्यक्ष गुजारा नगरपालिका वडानम्बर ३ का दीपक चौधरी हुन्। उनले वडा भरबाट एक मत मात्रै पाएका हुन् । त्यस्तै उक्त वडाका अन्य तीन वडाध्यक्षका स्वतन्त्र उम्मेदवार शेख कैमुल हक, राजकुमार चौधरी र शेख सैयादले सुन्य मत पाएका छन् ।

    उक्त वडामा समाजवादीका दीपक चौधरीले जम्मा एक भोट प्राप्त गर्दा एमालेका गजेन्द्र चौधरी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

    चौधरी दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी ५ सय ३० मत प्राप्त गरेर वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ईश्वर प्रधानले ५ सय २२ मत प्राप्त गरेका थिए ।

    गुजारा नगरपालिकामा नेकपा समाजवादीबाट मेयरमा केशव राय र उपमेयरमा एतवरियादेवीले उम्मेदवारी दिएका छन् । नगरपालिकाको मतगणना हालसम्म जारी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend