logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • बालेनलाई ११ हजार भन्दा बढी मतको अग्रता, स्थापित र सिंहले कति मत ल्याए ?

    बालेनलाई ११ हजार भन्दा बढी मतको अग्रता, स्थापित र सिंहले कति मत ल्याए ?

    2.7K
    Shares
    बालेनलाई ११ हजार भन्दा बढी मतको अग्रता, स्थापित र सिंहले कति मत ल्याए ?

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता कायमै राखेका छन् ।

    पछिल्लोपटक प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार शाहले ११ हजार ९२८ मतान्तरका साथ आफ्नो अग्रता कायम राखेका हुन् । शाहले २५ हजार ४२७ मत प्राप्त गरेका छन् । एमालेका केशव स्थापितले १३ हजार ४९९ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ८४२ मत प्राप्त गरेको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए ।

    एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले १९ हजार ९५६ मतका साथ आफ्नो अग्रता कायम राखेकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६  हजार ३१६ मत प्राप्त गरेका छन् ।

    प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा अहिले वडा नम्बर ४, ६, ७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ। अहिले भएका सबै वडामा बालेनले अग्रता कायमै राखेका छन्। वडा नम्बर १, २, ३ र ५ को मत गणना भइसकेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend