काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ३ हजारभन्दा बढीको मतान्तर बनाएका छन् । ६१ हजार ११२ मत गणना हुँदा आचार्यले २५ हजार २२६ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले २२ हजार १९२ मत पाएका छन् ।
यस्तै उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवारको झिनो अग्रता छ । एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले २५ हजार ४०४ मत पाउँदा गठबन्धनका तर्फबाट काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २५ हजार ४५९ मत पाएकी छन् ।