logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • ६१९ स्थानीय तहको नतिजा सार्वजनिकः काँग्रेस पहिलो, एमाले दोस्रो

    ६१९ स्थानीय तहको नतिजा सार्वजनिकः काँग्रेस पहिलो, एमाले दोस्रो

    2.8K
    Shares

    काठमाडौं ।  निर्वाचन आयोगले शुक्रबार बिहानसम्म ६१९ स्थानीय तहको अन्तिम नतिजा घोषणा गरेको छ । जसमा नेपाली काँग्रेसले सबैभन्दा धेरै स्थानीय तह जित्दै पहिलो स्थान हासिल गरेको छ ।

    स्थानीय तहमा  २०० प्रमुख र ४१९ अध्यक्ष पदको मतपरिणाम घोषणा हुँदा  काँग्रेसले प्रमुख ९९ र अध्यक्ष पद १७६ स्थानमा जित हासिल गरेको छ ।

    अझै पनि काँग्रेस ३२ प्रमुख पद र ११ अध्यक्ष पदमा अग्रस्थानमै छ । अघिल्लो स्थानीय तहमा दोस्रो दलमा खुम्चिएको काँग्रेस यो पटक बलियो अवस्थामा पुगेको हो । यसैगरी नेकपा एमालेले ५७ प्रमुख र ११३ अध्यक्ष पदमा जित हासिल गर्दा २१ प्रमुख र १० अध्यक्षमा अग्रता कायमै राखेको छ ।

    यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले २० प्रमुख र ९२ अध्यक्ष पदमा जित हासिल गर्दा अझै पनि ६ प्रमुख र ३ अध्यक्षमा अग्रता बनाएको छ । यस्तै एकीकृत समाजवादी पार्टीले १४ स्थानीय तह, जसपाले १८, लोसपाले ५ स्थानीय तह जित्दा केही साना दल र स्वतन्त्र उम्मेदवारले पनि जित हासिल गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend