logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • बर्दिवासमा काँग्रेसको जमानत जफत, मेयर र उपमेयरमा बागी निर्वाचित

    बर्दिवासमा काँग्रेसको जमानत जफत, मेयर र उपमेयरमा बागी निर्वाचित

    3.5K
    Shares

    काठमाडौं । महोत्तरीको बर्दिबासको नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हादकुमार क्षेत्री विजयी भएका छन् । माओवादी केन्द्रका राजु खड्कालाई ५ हजार ८ सय ८७ मतान्तरले पछि पार्दै क्षेत्रीले जित हात पारेका हुन् । उनले १४ हजार २ सय १० मत प्राप्त गरे । उपप्रमुखमा पनि स्वतन्त्र उम्मेवार तारादेवी महतो विजयी भएकी छन् ।

    महतोले ९ हजार ७ सय ३६ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कृष्णमाया गौतमले ८ हजार १ सय ८५ मत प्राप्त गरेकी छन् । क्षेत्रीले काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र प्यानल बनाएरका थिए । काँग्रेस प्रदेश कमिटीबाट पाएको टिकट केन्द्रले खोसेर चिरंजीवी हमाललाई आधिकारीक उम्मेदवार बनाएको थियो । क्षेत्रीले काँग्रेस उम्मेदवार हमालको जमानत समेत जफत हुने अवस्था बनाइ दिए ।

    खसेकोमध्ये कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा हमालको जमानत जफत भएको । उनले १२६३ मत मात्र ल्याएका थिए । क्षेत्रीले काँग्रेस उम्मेदवारको जमानत जफत मात्र गरेनन् ०७४ मा माओवादी केन्द्रले जितेका मेयर र उपमेयर पद पनि खोस्न सफल भए ।

    उनको प्यानलले माओवादी, नेकपा एमाले, काँग्रेस, जसपा लगायत दललाई पराजित गरेको हो । स्वतन्त्र उम्मेदवार क्षेत्री र महतोको चुनाव चिन्ह पनि एउटै जेब्रा थियो । जेब्रा चुनाव चिन्ह लिएका उम्मेदवारले १, ७, १३ र १५ मा वडाध्यक्ष पनि जितेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend