logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ललितपुर अपडेटः मेयरमा कांग्रेसका चिरिबाबु र उपमेयरमा एमालेकी मञ्जलीको अग्रता कायमै

    ललितपुर अपडेटः मेयरमा कांग्रेसका चिरिबाबु र उपमेयरमा एमालेकी मञ्जलीको अग्रता कायमै

    3.2K
    Shares

    काठमाडौं । ललितपुर महानगरपालिकामा ४१ हजार ३८८ मत गणना हुँदा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता थप फराकिलो बनाएका छन् । उनी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारभन्दा ९ हजार भन्दा बढी मत अन्तरले अघि छन् ।

    निवर्तमान मेयरसमेत रहेका महर्जनले २१ हजार ३११ मत पाउँदा एमाले व्यञ्जन्कारले १२ हजार १४९ मत पाएका छन् । राप्रपाका अष्ट महर्जनले १ हजार ९७० मत पाएका छन् ।

    उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्यको अग्रता कायमै छ । उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्य भन्दा ३ हजार ५३९ मत अन्तरले अगाडि छिन् । मञ्जलीले ११ हजार ९६५ मत पाउँदा बाबुराजको मत ८ हजार ४२६ मात्र छ ।

    उपमेयरका अर्का उम्मेदवार स्वर्णिम शाक्यको पक्षमा ३ हजार ३७९ मत परेको छ ।

    नेपाली कांग्रेसको उपमेयर उमेदवार नै नभएको रुख चिह्नमा ५ हजार ८०० मत परेको छ । ललितपुरमा नेपाली कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर चुनावी तालमेल गरेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend