logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • हरिवनको मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी

    हरिवनको मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी

    2.5K
    Shares
    हरिवनको मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी

    काठमाडौं । सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुडाथोकी र उपमेयरमा नेकपा एमालेकी हरिमाया घलान विजयी भएका छन् । हरिवन नगरपालिकाको अन्तिम मतपरिणाम अनुसार मेयरमा माओवादी केन्द्रका बुडाथोकीले एमालेका गणेशप्रसाद प्रसाईलाई १५३ मतान्तरले पराजित गरेका हुन् ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रसाईसगँ पराजित भएका बुडाथोकीको यो जितलाई बदलाको रुपमा हेरिएको छ । उपमेयरमा एमालेकी हरिमाया घलान १५३४ मतान्तरले विजयी भएकी छन् । घलानले कुल ६८५५ मतसहित विजयी हासिल गर्दा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार पद्मा मोक्तानले ५३२१ मत मात्र प्राप्त गर्दै पराजित भइन् ।

    हरिवन वडाध्यक्षमा एमालेका ५ जना, काँग्रेसका ४ जना र एकीकृत समाजवादीका दुई जना विजयी भएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend