काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायम छ । ५४ हजार २४४ गणना हुँदा दाहालको अग्रता ३२८४ ले अगाडी छ ।
उनले २० हजार ५५७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १७ हजार २७३ मत पाएकी छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७९०२ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २३ हजार १९ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १३ हजार ७१३ मत पाएकी छन् ।