बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

धरानमा लौरो अघिअघि रुख पछिपछि

धरानमा लौरो अघिअघि रुख पछिपछि

धरान । धरान उपमहानगरपालिकामा ३९ हजार मत गन्दा स्वतन्त्र उम्मेदवार हर्क सम्पाङको चुनाव चिह्नले ११ हजार ३३९ मत ल्याएर अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका किशोर राईले उनलाई ९ हजार ८३० मत ल्याएर पछ्याइरहेका छन् ।

साङपाङ र राईको मतान्तर १ हजार ५०९ छ । त्यसैगरी २०७४ सालको निर्वाचनमा प्रमुख उपप्रमुख जितेको नेकपा एमाले भने तेस्रो स्थानमा छ । प्रमुख पदमा एमालेबाट उम्मेदवार दिएकी मञ्जु भण्डारी स्वतन्त्र र कांग्रेसभन्दा निकै तल देखिएकी छिन् ।

उनले ८ हजार ७१ मत पाएकी छिन् । उनले पाएको मत स्वतन्त्रको भन्दा ३ हजार २६८ ले कम हो ।

त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ११ हजार ४२१ मत ल्याएका छन् । उनलाई नेकपा एमालेका पदम लिम्बूले १० हजार ९५८ मत ल्याउँदै पछ्याइरहेका छन् ।

अहिले ११,१२,१३ वडाको गणना भइरहेको छ । १५,१६ र १७ को भने मतगणना बाँकी रहेको धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend