logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • आज चट्याङसहित वर्षाको सम्भावना, भोली पनि बर्षा

    आज चट्याङसहित वर्षाको सम्भावना, भोली पनि बर्षा

    2.2K
    Shares

    काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ। देशका पहाडी भू– भागहरूमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

    शनिबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र अन्य प्रदेशहरूका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    आइतबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेस प्रदेश केही स्थानहरू र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend