सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

गैडहवामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमाले विजयी

गैडहवामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमाले विजयी

बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाल कम्युनिष्ट पार्टी एमाले विजयी भएको छ । अध्यक्षमा सुरेन्द्र पौडेल ५६३१ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका बसि उल्लाह मुसलमानले ४ हजार ३ सय ८८ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकै उम्मेदवार माधुरी जैसवाल विजयी भएकी छन् । जैसवालले ४७५७ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मन्जु न्यौपानेले ४६५१ मत प्राप्त गरेकी छन् ।

गाउँपालिकाको वडाध्यक्षहरुमा १ मा एमालेका प्रदिप कुमार चौधरी, २ मा जनमत पार्टीका सराजुद्वीन धुनिया, ३ मा स्वतन्त्र उम्मेदवार राम अजोर यादव, ४ मा कांग्रेसका सुरेन्द्र सिंह कुर्मी, ५ मा कांग्रेसकै विजय कुमार शर्मा, ६ मा कांग्रेसका राजकुमार लोध, ७ मा जनमत पार्टीका लालबहादुर केवट, ८ मा एमालेका भुवनबहादुर राना मगर र ९ मा एमालेकै मीना क्षेत्री विजयी भएकी छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend