महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाको मेयर र उपमेयर दुवैमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार निर्वाचित भएका छन्। जसपाका उम्मेदवार दिपेन्द्र महतोले माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर योञ्जनलाई ३१७२ मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन्।
महतोले ८७९९ मत प्राप्त गरे। योञ्जनले ५६२७ मत ल्याए।
उपमेयरमा जसपाकी रेणु कुमारीले ८४५५ मत प्राप्त गरी निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादीकी जनक दुलारी साहले ५४९० मत प्राप्त गरिन्।