काठमाडौं । काठमाडौं महानगरपालिकाका जारी मतगणनामा पहिलो स्थानमा स्वतन्त्र उम्मेदवार बालेन शाह साहको अग्रता कायमै रहेपनि दोस्रो स्थानमा भने एमालेका उम्मेदवार केशव स्थापित र काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ सिहंबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
केशव स्थापितले जारी मतगणनामा अग्रता लिँदै आएकोमा शनिबार दिउँसोको ताजा मतपरिणामअनुसार सिर्जनाले अग्रता लिएकी छन् ।
मेयरका उम्मेदवार स्थापितले १७ हजार ६७८ मत पाउँदा सिर्जनाले १७ हजार ७०२ मत पाएकी छन् । सिर्जनाले २४ मतले अग्रता बनाएकी हुन् ।