शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

जनकपुरमा स्वतन्त्र उम्मेदवाको अग्रता कायमै, उपमेयरमा कांग्रेस अगाडि

जनकपुरमा स्वतन्त्र उम्मेदवाको अग्रता कायमै, उपमेयरमा कांग्रेस अगाडि

 

 

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता बढाउँदै लगेका छन् । उनले आठ हजार ४३६ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले पाँच हजार ८९५ मत ल्याएका छन् भन् तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले तीन हजार ४० मत पाएका छन् ।

चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बलराम महतोले दुई हजार ५७५ र सत्तारुढ दलहरुको पनि समर्थन पाएका जनता समाजवादी पार्टीका उम्मेदवार तथा निवर्तमान मेयर लालकिशोर साहले एक हजार ३७३ मत पाएका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार किशोरी साहले नौ हजार ४४५ मत पाएर अग्रस्थानमा छिन् । दोस्रो स्थानमा रहेकी एमाले उम्मेदवार रुणाकुमारी झाले ६ हजार ९०४, लोकतान्त्रिक समाजवादी पार्टीकी रीताकुमारी मिश्रले तीन हजार ५९ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले दुई हजार ४९६ मत पाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend