logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतको तीन राज्यमा बाढी र चट्याङ: बाढीका कारण १५ र चट्याङ लागेर ३३ जनाको मृत्यु

    भारतको तीन राज्यमा बाढी र चट्याङ: बाढीका कारण १५ र चट्याङ लागेर ३३ जनाको मृत्यु

    4.6K
    Shares

     

    एजेन्सी । भारतका विभिन्न ठाउँमा अत्यधिक वर्षा र चट्याङका कारण जनजीवन प्रभावित भएको छ। धेरै ठाउँमा अध्यधिक गर्मीको समस्या देखिरहेको बेला भारतका तीन राज्यमा अत्यधिक वर्षा र त्यसपछि आएको बाढी र चट्याङले जनजीवन प्राभावित बनाएको हो।

     

    भारतको विहारमा शुक्रबार आएको तुफान र चट्याङ लागेर ३३ जनाको मृत्यु भएको छ। विहार राज्यका विभिन्न १६ जिल्लामा यो संख्यामा मानिसहरुको मृत्यु भएको छ।

    त्यस्तै, भारतको असम राज्यका चार जिल्ला नागांव, होजई, कछार र दखरांगमा पनि बाढीका कारण जनजीवन निकै प्रभावित भएको छ। अहिलेसम्म यी ठाउँमा अत्यधिक वर्षा र बाढीका कारण १५ जनाले ज्यान गुमाएका छन्। सँगै ५ सयभन्दा धेरै परिवार वर्षाका कारण रेलवे ट्रयाकमा रहन बाध्य हुने अवस्था आएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।

     

    असमकै २९ जिल्लामा ७ लाख १२ हजार मानिस घरबारविहीन भएका छन्। असम राज्यको आपतकालीन अवस्थाबारे हेर्ने विपद् व्यस्थापन निकायकाअनुसार २९ जिल्लामा ७ लाखभन्दा धेरै मानिस ९५ सयभन्दा धेरै परिवार० घरबाट विस्थापति भएका छन्।

    त्यस्तै, कर्नाटक राज्यमा ९ जनाको मृत्यु भएको छ। प्रि–मनसुसनका कारण परेको वर्षापछिको बाढीका कारण ९ जनाको मृत्यु भएको बताइएको छ। बाढीका कारण कर्नाटकमा २३ घर क्षतिग्रस्त भएको छ।

     

    राज्यका राजस्व मन्त्री आर। अशोकका अनुसार चिकमंगलुर, दक्षिण कन्नड, उडुपी, शिवमोग्गा, दावणगेरे, हसन र उत्तर कन्नड जिल्लामा हाल रेड अलर्ट समेत जारी गरिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend