काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बलात्कारसम्बन्धी अपराधमा हद म्यादको व्यवस्था विना अलमल फेर्नुपर्ने बताएका छन् । उनले पछिल्लो समय सार्वजनिक भएको घटनामा सरकारले अनुसन्धान सुरु गरिसकेकाले त्यसबाट अन्यायको अनुभूति हुने कुनै आभाष हुन दिन नहुने बताए ।
कानुनका लागि न्यायलाई बलि दिने कि न्यायका लागि कानुन बदल्ने ? द्विविधाको प्रश्नै छैन । बलात्कार जस्तो जघन्य अपराधमा कार्वाही गर्न हदम्यादको कानुनी जटिलता, बिना अलमल बदल्नु पर्छ, शर्माले लेखेका छन्, राज्यले शुरु गरेको अनुसन्धानले न्यायको आवाजलाई अन्यायको अनुभुती हुन किमार्थ दिनुहुन्न ।