logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाल–पाकिस्तानबीचको पर्यटन प्रवद्र्धनका लागि हवाई उडानको उचित व्यवस्था गछौं: पूर्वपरराष्ट्रमन्त्री पाण्डे

    नेपाल–पाकिस्तानबीचको पर्यटन प्रवद्र्धनका लागि हवाई उडानको उचित व्यवस्था गछौं: पूर्वपरराष्ट्रमन्त्री पाण्डे

    3.9K
    Shares

    काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल–पाकिस्तानबीचको पर्यटन प्रवद्र्धनका लागि हवाई उडानको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । पूर्वपरराष्ट्रमन्त्री पाण्डेले दुवै मुलुकबीच पर्यटन प्रवद्र्धनको अधिक सम्भावना रहेपनि त्यसलाई सहज बनाउन हवाई उडानको व्यवस्था मिलाउनुपर्ने आवश्यक्ता औंल्याए ।

    शनिबार दुई मुलुकबीचको पर्यटन प्रवद्र्धन सम्बन्धि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले दुई मुलुकबीच पर्यटन प्रवद्र्धनका लागि आवश्यक योजनाहरु बनाउने र त्यसलाई कार्यान्वयनमा लैजान ध्यान दिनुपर्ने पनि बताए । पूर्व परराष्ट्रमन्त्री पाण्डेले दुई मुलुकबीच बेलाबेला उच्चस्तरीय भ्रमण गराउन पनि पहल गर्नुपर्ने बताए ।

    कार्यक्रममा बोल्दै नेपालका लागि पाकिस्तानका राजदुत सईद हैदर शाहले दुवै मुलुकबीचमा पर्यटन प्रवद्र्धनका लागि प्रकृतिको संरक्षणमा जोड दिनुपर्ने बताए । उनले नेपालको प्राकृतिक, साँस्कृतिक सम्पदाहरुको अवलोकन गर्न पाकिस्तानी नागरिकहरुले चाहना राखेको उल्लेख गर्दै त्यसको संरक्षणमा नेपाल सरकारले अझ बढि ध्यान दिने विश्वास व्यक्त गरे । राजदुत शाहले दुवै मुलुकको भूगोल पर्यटन प्रवद्र्धनका लागि उपयुक्त रहेको उल्लेख गर्दै दुवै मुलुकले आपसी छलफलको माध्यामबाट पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने स्पष्ट पारे ।

    राजदुत शाहले नेपालसँगको पाकिस्तानको सम्बन्ध सुमधुर रहिआएको उल्लेख गर्दै अझै प्रगाढ भएर जाने विश्वास समेत व्यक्त गरे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend