logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • बुटवल उपमहानगरमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

    बुटवल उपमहानगरमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

    6.4K
    Shares

     

    बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्‍डेय निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५५३ मतान्तरले पराजित गर्दै पाण्डेय मेयरमा विजयी भएका हुन्।

    पाण्डेयले ३० हजार १३० मत प्राप्त गरे। एमालेका भट्टराईले २२ हजार ५९७ मत पाए। राप्रपाका उम्मेदवारले ४ हजार २९७ मत प्राप्त गरे।

    उपमेयरमा नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भइन्। एकीकृत समाजवादीका चीनबहादुर गुरुङलाई झण्डै ८ हजार मतान्तरले पराजित गर्दै अर्याल उपमेयरमा विजयी भएकी हुन्।

    अर्यालले २४ हजार ९०४ मत ल्याउँदा गुरुङले १६ हजार ९८० मत पाए। राप्रपा उम्मेदवारले ६ हजार ५२९ मत पाए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend