बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

धरान उपमहानगरमा स्वतन्त्र उमेदवार साम्पाङको अग्रता कायम, १० हजार मत गन्न बाँकी

धरान उपमहानगरमा स्वतन्त्र उमेदवार साम्पाङको अग्रता कायम, १० हजार मत गन्न बाँकी

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार हर्क साम्पाङले १६,०२६ मत प्राप्त गरेका छन् । पचास हजार बढी मत गणना गर्दा उनले गठबन्धनका उमेदवार किशोर राईभन्दा २,८४४ मतको अग्रता कायम गरेका छन् ।

गठबन्धनका राईले १३१८२ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)की मञ्जु भण्डारीले १०,६२२ मत प्राप्त गरेकी छन् ।

अब १० हजार बढी मत गणना हुन बाँकी छ ।

धरानमा उपप्रमुखतर्फ गठबन्धनका अइन्द्रबिक्रम बेघाले १६,०७९ मत प्राप्त गरेका छन् । एमालेका पदम इस्वोले १४४३१ मत प्राप्त गरेका छन् । धरानको परिणाम आज रातिसम्ममा आइसक्ने निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend