काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहालले आफ्नो अग्रतालाई बढाउँदै लगेकी छन् । उनले ६५४० मतले अग्रता बताएकी छन् ।
७९ हजार ९१० मत गणना गर्दा दाहालले ३१ हजार १२२ तथा एमालेका उम्मेदवार विजय सुवेदीले २४ हजार ५८२ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९७८ मत पाएका छन् ।
उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी ३३५३१ मतका साथ अग्रस्थानमा छन् ।