logo

२०८१ असोज २४ बिहिबार

logo
  • बिहिबार, २४ असोज २०८१
  • तुलसीपुरमा गठबन्धनलाई पछि पार्दै एमाले उम्मेदवारले लिए अग्रता

    तुलसीपुरमा गठबन्धनलाई पछि पार्दै एमाले उम्मेदवारले लिए अग्रता

    2.6K
    Shares

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार टीकाराम खड्काले अग्रता लिएका छन् ।

    ३१ हजार १५८ मत गणना हुँदा एमालेका खड्काले १३ हजार ५४ मत र गठबन्धनका गिरीले १२ हजार ५६७ मत ल्याएका छन् । एमालेका खड्का कांग्रेसका गिरीभन्दा ४८७ मतले अघि छन् । खड्काले मत अन्तर बढाउँदै लगेका छन् । त्यसअघि गिरी र खड्काबीच कडा प्रतिस्पर्धा थियो । दुवै झिनो मतअन्तरले अगाडि–पछाडी थिए ।

    उपमेयरमा भने एमालेकी स्यानी चौधरीले सुरुवाती अग्रतालाई कायम गर्दै आएकी छन् । उनले नेकपा एकीकृत समाजवादीकी उम्मेदवारलाई फराकिलो मतले पछि पारेकी छन् ।

    चौधरीले १२ हजार २८५ मत ल्याएकी छन् भने एकीकृत समाजवादीका जोगबहादुर रानाले ९ हजार ५७४ मत ल्याएका छन् । एमालेकी चौधरी गठबन्धनका राना भन्दा २ हजार ११ मतले अगाडी छिन् ।

    तुलसीपुरमा सत्तारुढ गठबन्धनको सहमति अनुसार मेयरको उम्मेदवार कांग्रेसले र उपमेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले लिएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend