logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • भरतपुरमा रेनुले निरन्तर मतान्तर बढाउँदै, यस्तो छ मत परिणाम

    भरतपुरमा रेनुले निरन्तर मतान्तर बढाउँदै, यस्तो छ मत परिणाम

    6.4K
    Shares

     

    चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । असी हजार १० मत गणना हुँदा पाँच दलीय गठबन्धनले आफ्नो अग्रता कायमै राखेको हो ।

    गणनाअनुसार गठबन्धनबाट महानगर प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले छ हजार ५७० मतले अग्रता लिएकी छिन भने उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १४ हजार ४८३ मतले अग्रता लिएका छन् ।

    दाहालले ३१ हजार २४३ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले २४ हजार ६७३ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार तीन मत प्राप्त गरेका छन् ।

    उपप्रमुखमा अधिकारीले ३३ हजार ६५३ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १९ हजार १७० मत प्राप्त गरेकी छिन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend