logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • जनकपुरधाम उपमहानगरमा मनोजको अग्रता कायमै, पछ्याउँदै शिव शंकर

    जनकपुरधाम उपमहानगरमा मनोजको अग्रता कायमै, पछ्याउँदै शिव शंकर

    4.9K
    Shares

    काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा काँग्रेसका बागी उम्मेदवार मनोज कुमार साहको अग्रता कायमै छ । आइतबार विहानको मत परिणाम अनुसार उनले ९ हजार ७७४ मत ल्याएका छन् ।

    यस्तै एमालेले उम्मेदवार शिव शंकर साहले ७६०४ मतस​हित मनोजलाई पछ्याई राखेका छन् । लोसपाका मनोज चौधरी ३ हजार ९५८ मतसहित तेस्रो स्थानमा छन् भने चौथो स्थानमा रहेका सत्ता गठबन्धनबाट जसपाका उम्मेदवार लाल किशोर साहले ३ हजार ३६१ मत छ ।

    यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतो ३ हजार ८५ मत पाएका छन् । उपमेयरमा गठबन्धनबाट काँग्रेसका किशोरी साह १० हजार ९९५ मतसहित अग्रता लिरहेका छन् र उनले एमालेका रुणा देवी झाले ८६६१, लोसपाका रिता कुमारी मिश्रले ४०९३ र स्वतन्त्र निर्मल कुमार चौधरीले २९०१ मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend