logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • धरान : ४६२१ मत गन्न बाँकी हुँदा स्वतन्त्र उम्मेदवार हर्क राई ४१५९ मतले अगाडि

    धरान : ४६२१ मत गन्न बाँकी हुँदा स्वतन्त्र उम्मेदवार हर्क राई ४१५९ मतले अगाडि

    4.8K
    Shares

    धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले ४ हजार १५९ मतको अग्रता लिएका छन् । आज बिहान साढे ९ बजेसम्मको मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार हर्कराज राईले १९ हजार १५५ मत प्राप्त गरेका छन् ।

    अर्का प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १४ हजार ९९६ र एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२ हजार १४३ मत पाएकी छन् । अब ४ हजार ६२१ मत गन्न मात्र बाँकी छ । यो अवस्थामा हर्कराज राई एमालेकी मञ्जुभन्दा ७ हजार १२ मतले र कांग्रेसका किशोर राई भन्दा ४ हजार १५९ मतले अगाडि छन् । धरान उपमहानगरमा मत ६२ हजार ८९८ मा खसेकोमा ५८ हजार २७७ मत गणना भइसकेको छ ।

    उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्र विक्रम बेघाको अग्रता जारी छ । उनले १८ हजार ८६४ मत पाउँदा नेकपा एमालेका पदम प्रसाद लिम्बुले १६ हजार ५८१ मत पाएका छन् । उनीहरुबीच २२८३ मत अन्तर छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend