logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आफ्नै विद्यार्थीलाई पटक पटक यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका दुई शिक्षक पक्राउ

    आफ्नै विद्यार्थीलाई पटक पटक यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका दुई शिक्षक पक्राउ

    6.8K
    Shares

    रुपन्देही । गुल्मिमा आफ्नै विद्यार्थीलाई यौन दुव्यवहार गरेको आरोपमा दुईजना शिक्षक पक्राउ परेका छन् ।

    गुल्मीको सत्यवती गाउँपालिकास्थित सत्यवती माध्यमिक विद्यालय हसराको कक्षा नौ मा अध्ययन गर्ने छात्रालाई शिक्षक प्रकाश भट्टराई र नीलकण्ठ बस्यालले यौन दुर्व्यवहार गरेको भन्ने उजुरीको आधारमा शुक्रबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

    प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानमा ती दुई शिक्षकबाट यौन दुव्र्यवहार गरेको प्रारम्भिक अनुसन्धनबाट खुलेको उल्लेख छ । नाबालिका छात्रालाई शिक्षक बस्यालले २०७८ भदौदेखि र भट्टराईले माघदेखि यौनजन्य क्रियाकलापमा फकाउने र यौन दुर्व्यवहार गर्ने गरेको उजुरीमा उल्लेख छ ।

    प्रहरीले प्रारम्भिक अनुसन्धानबाट आरोपहरु पुष्टि हुन थालेको भन्दै मुद्दा दर्ता गर्ने तयारी गरेको छ । पहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend