सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

रुपन्देहीका १३ पालिकाको नतिजा सार्वजनिक, कांग्रेस पहिलो र एमाले दोस्रो

रुपन्देहीका १३ पालिकाको नतिजा सार्वजनिक, कांग्रेस पहिलो र एमाले दोस्रो

बुटवल । रुपन्देहीका १६ मध्ये १३ पालिकाको मतगणनाको परिणाम आउँदा नेपाली कांग्रेस पहिलो दल बनेको छ । १३ मध्‍ये नेपाली कांग्रेसले ८ स्थानीय तहमा प्रमुख र अध्‍यक्षमा विजयी हुँदै पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो दल तथा हृदयेश त्रिपाठीको दल जनता प्रगतिशील पार्टी तेस्रो दल बनेको छ ।

हालसम्म कांग्रेसले एक उपमहानगर, २ नगर र ५ गाउपालिकाको प्रमुख–अध्यक्ष तथा ३ गाउँपालिकाको उपाध्यक्ष जितेर पहिलो दल बनेको हो ।

३ पालिकाको नतिजा आउन बाँकी

रुपन्देहीका १९ मध्ये अब तीनवटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ । तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र कोटहीमाई गाउपालिकाको मतगणना जारी रहेको छ ।

यी सबै पालिकाको अन्तिम नतिजा आउन कम्तीमा दुई दिन लाग्ने रुपन्देहीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend