सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

कैलालीमा स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु, एक घाइते

कैलालीमा स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु, एक घाइते

कैलाली । कैलालीमा स्कुटर दुर्घटनामा परी एक युवतीको ज्यान गएको छ । आइतबार बिहान ७ बजेतिर गौरीगंगा नगरपालिका ३ कुचैनीस्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा सोही नगरपालिका १ की ३० वर्षीया सबिता कंडेलको मृत्यु भएको हो । स्कुटरको पछाडी बसेकी लम्की चुहा नगरपालिका ७ की २५ वर्षीया जमुना सिंह घाइते भएकी छन्।

उनलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाएको कैलाली प्रहरीले जानकारी दिएको छ। पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ गईरहेको से १ त ६८२७ नम्बरको ट्याक्टरसँग ठक्कर खाएर स्कुटर दुर्घटनामा परेको हो।

सु प प्र ०१ –००८ प १७८३ नं को स्कुटर चलाएकी सबिताको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टर चालक गौरीगंगा ७ का पुरन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend