
धरान । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित सुनिश्चित भएको छ। अब दुई हजार ५२१ मत गणना गर्न बाँकी छ भने साम्पाङले चार हजार १९० मतको अग्रता लिइसकेका छन्।
मेयरका स्वतन्त्र उम्मेदवार साम्पाङले १९ हजार ३८८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १५ हजार १९८ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका नेकपा ९एमाले०की उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १२ हजार २७७ मत पाएकी छन्।
उपमेयरमा गठबन्धनबाट उम्मेदवार आइन्द्र विक्रम बेघाले अग्रता लिएकाले छन्। उनले १९ हजार ६२ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका पदमबहादुर लिम्बूले १६ हजार ८१५ मत पाएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend