logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बनेपामा एमालेबाट निर्वाचित जनप्रतिनिधिले गरे शपथ ग्रहण बहिष्कार

    बनेपामा एमालेबाट निर्वाचित जनप्रतिनिधिले गरे शपथ ग्रहण बहिष्कार

    5.5K
    Shares

    बनेपा । बनेपा नगरपालिकामा नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका छन् । नगरपालिकाको ‘ठूलो दल’को रुपमा आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरिएकाले बहिष्कार गरेको नवनिर्वाचित उपप्रमुख विमला सापकोटा दाहालले जानकारी दिइन् ।

    १४ वडा रहेको बनेपामा एमालेका उपप्रमुख, ७ वडाअध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेसका प्रमुखसहित २९ र एकीकृत समाजवादीका १ वडाअध्यसहित ५ जनप्रतिनिधि निर्वाचित छन् ।

    स्थानीय तहको निर्वाचन २०७९ मा नगरप्रमुखमा कांग्रेसका शान्तीरत्न शाक्य, उपप्रमुख एमालेकी विमला सापकोटा दाहाल निर्वाचित भएकी थिइन् ।

    नगरप्रमुख निर्वाचित शाक्यले मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईसँग शपथ लिइसकेका छन् । विभिन्न जिल्लाका अन्य स्थानीय तहहरूमा पनि नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराउने क्रम चलिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend