logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौं महानगरमा बालेन शाहको अग्रता, स्थापितभन्दा सिर्जना अगाडी

    काठमाडौं महानगरमा बालेन शाहको अग्रता, स्थापितभन्दा सिर्जना अगाडी

    6K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह अन्य उम्मेदवारभन्दा निकै अगाडि पुगेका छन् । भर्खरै एक लाख १२ हजारभन्दा बढी मत गणना हुँदा बालेन केशव स्थापित र सिर्जना सिंहभन्दा १७ हजार मतले अगाडि देखिएका हुन् ।

    दोस्रो स्थानमा रहँदै आएका स्थापित २२ हजार १८० मतका साथ तेस्रोमा झरेका छन् । २२ हजार ५३९ मतका साथ सिर्जना सिंह दोस्रो स्थानमा उक्लेकी छन् । बालेनले ३९ हजार २६२ मत पाएका छन् । मेयरमा हलो चिन्हले तीन हजार ८६५ मत ल्याएको छ ।

    उपमेयरमा सुनिता डंगोलले पाएको मत बालेनको भन्दा बढी छ । उनले ४० हजार ५२४ प्राप्त गरेकी छन् । नेकपा एकीकृत समाजवादीको कलम चिन्हले १३ हजार ६३७ मत पाएको छ । राप्रपाको हलो चिन्हले आठ हजार ४०१ मत ल्याएको छ ।

    उपमेयरमा एमालेबाट उम्मेदवार सुनिता डंगोलले ४० हजार ५२४ मत ल्याएकी छिन् । नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १३ हजार ६२७ मत प्राप्त गरेका छन् । राप्रपाकी उम्मेदवार बिनिता मगैयाले आठ हजार ४०१ मत ल्याएकी छिरन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend