logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते

    जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते

    3.5K
    Shares

    जुम्ला । जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आइतबार बिहान दुर्घटना भएको हो ।

    प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार दुर्घटनामा तीन जना सामान्य घाइते भएका छन् । नकासुन्दरी ६ निवासी दलविरे ऐडी बिरामी भई सदरमुकाम ल्याइँदै गर्दा दुर्घटना भएको हो ।

    प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सडकबाट १५,२० मिटर तल एम्बुलेन्स खसेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend