सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

सप्तरीको रुपनीमा अध्यक्ष र उपाध्यक्षमा लोसपा विजयी

सप्तरीको रुपनीमा अध्यक्ष र उपाध्यक्षमा लोसपा विजयी

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जितेको छ । अध्यक्षमा दिनेशकुमार यादव र उपाध्यक्षमा पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएका छन् ।

यादवले ४ हजार २ सय ६९ मत प्राप्त गरी निर्वाचित हुँदा जनता समाजवादी पार्टी ९जसपा० का हरेराम यादवले ३ हजार ८ सय ३५ मत प्राप्त गरे । हरेराम निवर्तमान अध्यक्ष समेत हुन् ।

उपाध्यक्षमा निर्वाचित लोसपाकी श्रेष्ठले ३ हजार ७ सय १० मत ल्याउँदा जनता समाजवादी पार्टी (जसपा) की बेचनीदेवी सरदारले ३ हजार ६ सय ५४ मत प्राप्त गरिन् । सरदार निवर्तमान उपाध्यक्ष समेत हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend