झापा । झापाको गौरादह नगरपालिकामा गठबन्धनलाई हराउँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रमुख र उपप्रमुख दुवै पद जितेको छ । बाह्र हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित भए । उनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रोहित कुमार शाहलाई पराजित गरे ।
शाहले ११ हजार ४४८ मत प्राप्त गरे । उपप्रमुखमा पनि एमालेका उम्मेदवार जलवर्षा राजवंशी विजयी भएका छन्। राजवंशीले ११ हजार ९१४ मत प्राप्त गरिन् ।
उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार पुष्पलाल ढकाललाई पराजित गरिन्। ढकालले १० हजार ३४८ मत प्राप्त गरे।