logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बालेन शाहले ४५ हजार मत कटाउँदा सिंह र स्थापितले कति मत ल्याए ?

    बालेन शाहले ४५ हजार मत कटाउँदा सिंह र स्थापितले कति मत ल्याए ?

    3.1K
    Shares

     

    काठमाडौं । काठमाडौं महानगरपालिकामा जारी मतगणना अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले १८ हजार ५५९ मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार साहले ५४ हजार ९८२ मत ल्याउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले २७ हजार ४२३ मत ल्याएर दोस्रो स्थानमा छिन् ।

    एमालेका केशव स्थापितले २६ हजार ४५४ मत ल्याएर तेस्रो स्थान कायम राखेका छन् । त्यस्तै, स्वतन्त्र सुमन सायमीले ३ हजार ३३४ मत प्राप्त गरेर चौथो स्थानमा रहँदा राप्रपाका मदनदास श्रेष्ठ २९ सय ९६ मत ल्याएका छन् ।

    उपप्रमुखमा एमालेकी सुनिता डंगोलले सर्वाधिक मत पाएकी छिन् । उनले ४४ हजार ७०५ मत ल्याउँदा नेकपा एकीकृतका रामेश्वर खनालले १५ हजार २८२ मत पाएका छन् । राप्रपाका बिनिता मगैयाले ७ हजार २३ मत पाउँदा स्वतन्त्र वेन्जीसिंह महर्जन २१ सय ४२, विवेकीशीलका कृति कंसाकारले १६ सय ७५, विद्या श्रेष्ठले १५ सय ७८ मत प्राप्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend