logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • चट्याङ लागेर एक महिलाको मृत्यु

    चट्याङ लागेर एक महिलाको मृत्यु

    5K
    Shares

    उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका–११ गोठडाँडामा आइतबार दिउँसो वर्षासँगै परेको चट्याङबाट एक महिलाको मृत्यु भएको छ । कटारी इलाका प्रहरी कार्यलयका अनुसार चट्याङ लागेर गोठडाँडा बस्ने वर्ष ४५ को भक्तकुमारी बुढाथोकी मृत्यु भएको हो ।

    आइतबार दिउँसो हावाहुरी र वर्षासहित चट्याङ खस्दा घरको दलानमा बसिरहेकी बुढाथोकी सख्त घाइते भएकी थिईन् ।

    उनलाई उपचारका लागि तत्काल कटारी अस्पताल लगेर उपचार गर्ने क्रममा बेलुकी साँझ मृत्यु भएको प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend