logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्थानीय तहलाई बलियो पार्न आवश्यक कानून बनाउनुपर्छ: कृष्णप्रसाद पौडेल

    स्थानीय तहलाई बलियो पार्न आवश्यक कानून बनाउनुपर्छ: कृष्णप्रसाद पौडेल

    5.1K
    Shares

    काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले स्थानीय तहलाई बलियो पार्न आवश्यक कानून बनाउनुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पौडेलले स्थानीय तहलाई बलियो पार्न आवश्यक कानून बनाउनुपर्ने बताएका हुन् ।

    उनले आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए । उनले स्थानीय तहलाई बलियो बनाउन नसके जनताको इच्छा र आकांक्षालाई पुरा गर्न नसकिने बताए । उनले भने – ‘स्थानीय तह भनेको लोकतन्त्रको आधारस्तम्भ हो । लोकतन्त्रको प्राणवायु हो । त्यसैले यसलाई बेष्ट स्कूल अफ डेमोक्रेसी पनि भन्ने गरीन्छ । र जबसम्म स्थानीय तहलाई हामीले बलियो बनाउन सक्दैनौँ । जनताका इच्छा, आकांक्षा, चाहाना पुरा गर्न सक्ने सबल र सक्षम बनाउन सक्दैनौँ । त्यतिबेला सम्म आम नागरिकको भरोसा, विश्वास कम हुने भएकाले म सम्माननीय अध्यक्षमार्फत् स्थानीय तहलाई बलियो बनाउन आवश्यक कानून, आवश्यक साधनस्रोत र जनशक्ति व्यवस्थापन गर्न अनुरोध गर्दछ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend