logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मनोज पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत लगियो

    मनोज पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत लगियो

    4.2K
    Shares
    मनोज पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत लगियो

    काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ ।

    सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी थिइन् । पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिइसकेकी छन् ।

    जिल्ला अदालत काठमाडौंबाट युवतीको बयान प्रमाणित पनि भएको छ । बयान प्रमाणित भएसँगै सो मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिन जिल्ला प्रहरी परिसर काठमाडौंले आरोपीलाई अदालत लगेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend