बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

एमालेका कार्यकर्ता पक्राउपछि भरतपुरमा केहीबेर रोकिएको मतगणना पुन: सुरु

एमालेका कार्यकर्ता पक्राउपछि भरतपुरमा केहीबेर रोकिएको मतगणना पुन: सुरु

चितवन । चितवनको भरतपुर महानगरपालिकाको केहीबेर रोकिएको मतगणना सुरु भएको छ । वडा नं. २७ को मतगणनाका क्रममा एकजना एमाले कार्यकर्तालाई पक्राउ गरेको विरोधमा एमालेले मतगणना रोक्न माग गरेको थियो ।

सोमबार दिउँसो सवा ४ बजे वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उनलाई पक्राउ परेको विषयमा एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका थिए । केहीबेरको विवादपछि फेरि मतगणना सुरु भएको छ ।

ती प्रतिनिधिले मतगणना भइरहेको जालीभित्रै प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । आफ्नो प्रतिनिधि झुक्किएर जालीभित्र प्रवेश गरेको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताए ।

एमाले प्रतिनिधिलाई कर्मचारी ठानेर प्रहरीले पनि भित्र छिर्न दिएको थियो । भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिले वडा नं. २६ र २७ को गणना सुरु भएको छ । अव बडा नं. २८ र २९ को मात्रै बाँकी छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend