काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले नेता सुर्य पाठकले स्थानीय तहमा स्वतन्त्र व्याक्तिलाई दलले समर्थन गर्नुपर्ने बताएका छन् । सुनौलो नेपालसँगको कुराकानीमा एमाले नेता पाठकले स्थानीय तहको निर्वाचनमा दलिय हस्तक्षप हुनुभन्दा स्वतन्त्र व्याक्ति छानेर दलले समर्थन गर्नुपर्ने बताएका हुन् ।
जनता अब सचेत भईसकेको बताउदै नेता पाठकले जसले जनताको समस्या उठाउँछ उसैलाई मत दिने बताए ।
काठमाडौंका स्वतन्त्र उम्मेदवार बालेन शाहसँग काठमाडौंका समस्या समाधान गर्ने स्पष्ट भिजन भएकाले मतदाताले मन पराएको उनको भनाई छ ।
अघिल्लो स्थानिय सरकारले स्थानिय तहको कानुनु निर्माण गरिसकेकाले बालेन शाहलाई काम गर्न सहज हुने पनि उनले बताए । यस्तै स्वतन्त्र चुनाव लडेर मेयर बनेका धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क सम्पाङको तारिफ गर्दै नेता पाठकले दलहरुले साम्पाङबाट सिक्नुपर्ने बताए ।
‘धरानमा हर्क सम्पाङले उठाउको खानेपानीको एजेण्डा दलहरुले उठाएको भएत दलले जित्थ्यो होलानी ।’ उनले भने– ‘तर दलले पार्टीगत एजेण्डा उठाए स्थानीयको समस्या देखेनन् ।’
पुरा भिडिओ हुर्नका लागि यहाँ क्लि गर्नुहोस्