logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

    जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

    4.1K
    Shares

    जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी निर्वाचित भएका छन् । उनले १३ हजार ४६५ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।

    नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले नौ हजार ५३२ मत ल्याए । तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरी पाँच हजार ३६० मत पाए । जनता समाजवादी पार्टीका उम्मेदवार चौथो स्थानमा रहे । उनले पाँच हजार १९४ मत पाए ।

    उपमेयरमा निर्वाचित नेपाली कांग्रेसका किशोरी साहले १५ हजार ५२५ मत पाएका छन् । एमाले उम्मेदवार रुणादेवी झाले १० हजार ८८५ मत पाएकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend