logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ७० प्रतिशत रकम विदेशी खातामा नै जम्मा गर्ने गरेकाले पर्यटन क्षेत्रको योगदान कम हुँदै गएको हो: धनञ्जय रेग्मी

    ७० प्रतिशत रकम विदेशी खातामा नै जम्मा गर्ने गरेकाले पर्यटन क्षेत्रको योगदान कम हुँदै गएको हो: धनञ्जय रेग्मी

    3.4K
    Shares

    काठमाडौं । नेपाल पर्यटन बोर्डले बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटन व्यवसायीहरुले प्याकेज बिक्री गरे बापतको रकम बैंकिङ च्यानल भन्दा बाहिरबाट आउने गरेकाले पर्यटन क्षेत्रको जिडिपीमा योगदान कम देखिएको बताएका छन् । सोमवार पर्यटन बोर्डको तर्फबाट नवनियुक्त बोर्ड सदस्य, नाटा र भिटोभका नयाँ कार्यसमिति सदस्यहरुलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले पर्यटकहरुले अनलाइन मार्फत किनेको प्याकेज ७० प्रतिशत रकम विदेशी खातामा नै जम्मा गर्ने गरेकाले पर्यटन क्षेत्रको योगदान कम हुँदै गएको बताए । कार्यकारी प्रमुख डा. रेग्मीले पर्यटन क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ७ देखि १० प्रतिशत योगदान रहेकाले त्यो योगदान कायम राख्न यस्तो रकम बैंकिङ च्यानल मार्फत नेपाल आउनुपर्ने बताए ।

    उनले व्यवसायीहरुले कार्यकारी प्रमुखले सधैँ करको कुरा गर्ने आरोप लगाएको बताए । उनले पर्यटन क्षेत्रले राज्यलाई पु¥याउने योगदानको विषय गर्वका साथ भन्नसक्ने अवस्था सिर्जना गर्ने वातावरण बनाउनको लागि करको विषय उठान गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend