काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो अग्रता कायमै राखेका छन्।
बालेन्द्र शाहले अहिलेसम्म ४८ हजार ८९ मत प्राप्त गरेका छन्। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहलाई २९ हजार १ सय ८० भएको छ।
केशव स्थापित तेस्रो स्थानमा रहेका छन् । एमाले उम्मेदवार केशव स्थापित २९ हजार २८४ मतका साथ तेस्रो स्थानमा छन् ।
यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ४ हजार ४४७ मत ल्याएका छन् । यस्तै उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगोलले ५२ हजार ८०९ मत ल्याएकी छिन् । उनलाई गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ हजार ८८४ मतका साथ पछ्याई राखेका छन् भने राप्रपाका उम्मेदवार बिनिता मगैयाले ९ हजार १६१ मत ल्याएकी छिन् ।