बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

धाँधली भएको दाबी गर्दै पोखराका दुई वडामा पुनः मतदान गर्न एमालेको माग

धाँधली भएको दाबी गर्दै पोखराका दुई वडामा पुनः मतदान गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिकाको दुई वडामा पुनः मतदान तथा मतगणना गर्न माग गरेको छ । दुई वडामा एमाले पराजित भइसकेको सन्दर्भमा धाँधली भएको दाबीसहित सो पार्टीले यस्तो माग गरेको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ३१ नेता खगराज अधिकारीको गृहवडा हो । जहाँ एमालेले पुनः मतदान गर्न माग गरेको छ भने वडा नम्बर १८ मा पुनः मतगणनाको माग गर्दै निवेदन नै दर्ता गराएको छ ।

वडा नम्बर १८ मा एमाले वडाध्यक्षमा ३ मतले हारेको थियो भने ३१ मा भने सय बढी मतले काँग्रेसले जितेको थियो ।
पोखराको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित भइसकेको अवस्थामा एमालेले बखेडा निकालेको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend