logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • सुनको मूल्य तीन दिनदेखि यथावत

    सुनको मूल्य तीन दिनदेखि यथावत

    5.3K
    Shares

    काठमाडौं । सुनको मूल्य तीन दिन देखि स्थिर छ । गत शुक्रबार तोलामा ७ सय रुपैयाँले बढेपछि त्यसयता सुनको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    अहिले छापावल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ छ । यस्तै तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य १२ सय ७० रुपैयाँमा स्थिर छ ।

    चाँदीको मूल्य गत बिहीबार यता बढेकै छैन भने सुनको मूल्य शुक्रबार केही मात्रै बढेको थियो । सुनको मूल्य स्थिर रहनुका कारण अन्तराष्ट्रिय बजार नै प्रमुख कारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

    सुन चाँदीको मूल्य अन्तराष्ट्रिय बजारमा मै स्थिर छ, हाम्रोमा त्यसैको कारण पनि स्थिर भएको हो,’ अध्यक्ष शाक्यले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend